आश्विन २, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ६६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २५६ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै २४३ जना छन् । यस्तै, भक्तपुरमा १३ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ललितपुरमा भने नयाँ संक्रमित नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १६ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, यो अवधिमा देशभर एक हजार २३४ जना निको भएका मन्त्रालयले शनिबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ। एक हजार दुई सय ३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS