असोज ३ ,काठमाडौँ ।नेपाल क्लियरिङ्गले हाउस बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बढाइएको छ।
सोही व्यवस्था अनुसार एनसिएचएल आइपिएस प्रणालीमा बिहानको ९ बजेदेखि दिनको ३ बजेसम्म ९आइतबारदेखि बिहीबारसम्म नेपाली मुद्रा, र सोमबारदेखि बिहीबारसम्म वैदेशिक मुद्रा(प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा ९टी प्लस जीरो० मै फर्छौट हुने व्यवस्था गरिएको छ। यो व्यवस्था भोलि सोमबारदेखि लागू हुनेछ।
यसअघि बिहानको १० बजेदेखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने गरेको थियो। उक्त समयसीमा पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् थियो।
हाल यस प्रणालीमा ५९ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन्।जसमा नेपाल राष्ट्र बैंक लगायत सबैजसो बैंक वित्तीय संस्थाहरु आबद्ध छन्।
FACEBOOK COMMENTS