काठमाडौँ , साहस उर्जा लिमिटेडको ७० लाख कित्ता आइपिओ निष्काशन हुने भएको छ । कम्पनीले असोज ६ गते बुधबारदेखि ७० लाख कित्ता बराबरको आइपिओ निष्काशन गर्ने भएको हो ।
जसमध्ये कम्पनीले ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी बसेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
प्रतिकित्ता एक सय रुपैयाँ पर्ने उक्त आइपिओ छिटो मिति असोज १० गते र ढिलो मिति असोज २० गतेसम्म बिक्रीमा रहनेछ ।कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS