काठमाडौं । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च मात्रामा बढेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ४१ लाख ९४ हजार ८३९ पुगेको छ । पछिल्लो १ वर्षमा मात्र यस्तो संख्या २६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७६–७७ को अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड १३ लाख ६ हजार रहेको थियो ।
पछिल्लो समय राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूले नगदरहित कारोबारमा जोड दिँदै आएका छन् । त्यसको उपयुक्त माध्यमका रूपमा मोबाइल बैंकिङलाई लिइएको छ । यसबाट अर्को बैंक खातामा रकम जम्मा गर्ने, पानीरबिजुलीरइन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्ने, हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी गर्नेलगायत थुप्रै सुविधा हुन्छन् । क्यूआर कोडमार्फत पनि भुक्तानी गर्ने सुविधा यसमा हुन्छ ।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेविट कार्ड ९एटीएम० प्रयोगकर्ताको भन्दा पनि बढी पुगिसकेको छ । गत असार मसान्तसम्म एटीएम कार्ड प्रयोगकर्ताको संख्या ८८ लाख ३९ हजार ८५५ पुगेको छ, जुन मोवाइल बैंकिङ प्रयोगकर्ता भन्दा धेरै कम हो । नेपालमा सन् १९९४ (विसं २०५०–५१) एटीएम कार्डको प्रचलन शुरू भएको हो । तर, २७÷२८ वर्षसम्म यसको विस्तार त्यति हुन सकेन । तर, प्रचलनमा आएको केही वर्षमा नै मोबाइल बैंकिङले फड्को मारेको जानकारहरू बताउँछन् । नेपालमा सन् २००४ मा मोवाइल बैंकिङको प्रारम्भिक अभ्यास भएको थियो ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पछिल्लो समय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको बताए । साथै, यसको उपभोग पनि बढ्दो अवस्थामा नै रहेको उनको भनाइ छ । ‘विद्युतीय कारोबारको सन्दर्भमा अन्य प्रविधिको तुलनामा मोबाइल बैंकिङ निकै सहज छ । त्यसको कारण पनि यसको विस्तार तथा प्रयोग व्यापाक मात्रामा हुँदै आएको छ,’ उनले भने, ‘समग्रमा विद्युतीय कारोबारमा मोबाइल बैंकिङको ठूलो योगदान रहेको महसूस गरेका छौं ।’ यस्तै, यसको प्रभावकारीता पनि बढ्दै गएको कँडेल बताउँछन् । कोरोना महामारी शुरू भएपछि यसको प्रभाव अझ बढेको राष्ट्र बैंकको भनाइ छ ।
मोबाइल बैंकिङमा धेरै सेवासुविधा हुँदा यसप्रति आर्कषण बढेको कडेल बताउँछन् । विद्युतीय कारोबारलाई प्रोत्साह गरिरहेको अवस्थामा पछिल्लो समय बैंकहरूले एटीएमलाई त्यति प्रवद्र्धन गरेका छैनन् । त्यसको असरले पनि एटीएम कार्ड प्रयोगकर्ताको विस्तार नभएको जानकारहरू बताउँछन् । अहिले एटीएमको प्रविधि पुरानो नै भइसकेको बैंकहरूको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS