काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध आजबाट सुरु भएको छ । सोह्रश्राद्धमा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्डदान तथा सिदा दिने चलन रहेको छ ।
कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घरमा पितृको श्राद्ध तथा तर्पण गरिने चलन रहेको छ । यसो गर्नाले पितृ कार्य पवित्र हुने मान्यता रहेको छ । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।
FACEBOOK COMMENTS