काठमाण्डौँ — सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ ।
रु ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ ।
लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक रु १८ करोडदेखि रु २० करोड मूल्य बराबरको सिमेन्ट उत्पादन बिक्री गरी नाफा कमाएको छ ।
उद्योगले हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।
वर्षमा २७ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उच्च प्रविधि र प्राविधिकको अभाव कारण २१ लाख बोरा सिमेन्ट मात्र उत्पादन हुने गरेको उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए ।
— कारोबार
FACEBOOK COMMENTS