असोज ५, काठमाडौं । आन्दोलरत लगानीकर्ताहरुको मागप्रति नेपाल धितोपत्र बोर्ड सकारात्मक देखिएको छ । बोर्डका कामू प्रमुख निरज गिरीले बोर्ड लगानीकर्ताको माग प्रति सकारात्मक रहेको र भोली अर्थात बुधबार बोर्डमा छलफल गरी निर्णायक वार्ता गर्ने बताए ।
गिरीले सवै मागहरु बोर्डसँगमात्र सम्बन्धि नभएकाले अन्य मागहरुको विषयमा पनि सम्बन्धित निकायमा पत्रचार गर्ने प्रतिवद्धता जनाएका छन् । अब भोली आन्दोलतरत लगानीकर्ता र बोर्डका बीचमा दिउँसो करिव ३ : ३० बजे निर्णायक वार्ता गर्ने गरी मंगलबारको आन्दोलनका कार्यक्रम स्थगित गरिएको पुँजी बजार संघर्ष समितिका मिडिया प्रमुख रोहन कार्कीले जानकारी दिए ।
FACEBOOK COMMENTS