असोज ६ं, काठमाडौँ । गरिवी निवारणको लागी सरकारले काम शुरु गरिसकेको ऊर्जा मन्त्री पम्फा भुसालले बताएकी छिन् । स्नाइडर इलेक्ट्रिक फाउन्डेसनले डन बोस्को इन्स्टिच्युटसँग साझेदारी गरी नेपालमा पहिलो उत्कृष्टता ऊर्जा केन्द्रको शुभारम्भ गर्दै , ऊर्जा क्षेत्रमा पाँच वर्षमा एक हजार युवालाई दक्ष जनशक्ति तयार गरिने बताएकी छन् । इलोक्ट्रोनिक विषयमा हरेक जनशक्ति तयार गरेर देशका ग्रामीण क्षेत्रमा पनि ऊर्जासम्बन्धी दक्ष जनशक्ति पठाइने जानकारी गराईन् ।
मन्त्री भुसालले ऊर्जा क्षेत्रमा जनशक्ति तयार गर्ने लक्ष्यसाथ स्थापना भएको केन्द्रले तयार पारेका जनशक्ति अब बेरोजगार बस्नु नपर्ने भन्दै उत्कृष्ट कामका लागि डनबस्को इन्टिच्युटलाई धन्यवाद दिईन् ।
नेपाल डनबस्को सोसाइटीका अध्यक्ष अगस्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँसहरसम्म सेवा दिने बताएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डनबस्को इन्सिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत गर्ने बताए ।
स्नाइडर इलेक्ट्रिक फाउन्डेसनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत मानव अधिकार हो भन्दै यसले धेरै रोजगारी सिर्जना र सीप विकास गर्ने बताए ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको बताए ।
नेपालका लागि फ्रान्सका राजदूत गेल्स बोउर्डोले रोजगारी सिर्जना र सीप विकासका लागि सार्वभौमिक ऊर्जा पहुँचसँगै हुनुपर्ने बताए ।
FACEBOOK COMMENTS