सानिमा बैंकको १७ प्रतिशत बोनस शेयरसहित लाभांश प्रस्ताव:
असोज ६, काठमाडौँ । सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।
माछापुच्छ्रे बैंकले गर्यो सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव:
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिले गत आर्थिक बर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६ सय ३२ रुपैयाँ वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको हो ।
दशैं आउदै ,समस्या बढ्दै :
५ असोज, काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं नजिकिएको छ । दशैंका लागि बैंकहरुले आफ्ना ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन् । साना दरका नयाँ नोट सटही गरिरहेको केन्द्रीय बैंक र अन्य बैंकहरुलाई अहिले दशैंको चटारोले होइन लगानी योग्य रकम अभावले सताएको छ ।
साउनलगत्तै सुरु भएको तरलता घट्ने क्रम पछिल्लो ३ दिनमा ५ अर्ब भन्दा बढी पुगेको छ । गत वर्ष यही समयमा बैंक तथा वित्तीय संस्थाहरुमा २०० अर्ब हाराहारीमा लगानी योग्य रकम थियो । वित्तीय बजारमा एक वर्षमा ९० प्रतिशत हाराहारीमा तरलता घटेको छ ।
यो पनि :
FACEBOOK COMMENTS