७ असोज, काठमाडौं । तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको बैंकले जनाएको हो । बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो ।
त्यसो त यस्तो अघिल्लो वर्षको सोही अवधिमा यस्तो अधिमूल्य डलरको तुलनामा नेपाली रुपैयाँ अधिकतम ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । २०७८ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११८.५० पुगेको छ । २०७८ असार मसान्तमा उक्त विनिमय दर रु.११९.०४ रहेको थियो ।
FACEBOOK COMMENTS