काठमाण्डौँ — दोलखामा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लोखारे खोला जलविद्युत् आयोजनाले सर्वसाधारणका लागी साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
८६ करोड ७४ लाख ४९ हजार बराबरको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको हो ।
युनिसर्भल पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गरेको हो ।
सर्वसाधारणले आगामी माघ २५ गतेदेखि सो आयोजनाका लागि सेयर भर्न पाउनेछन् ।
दोस्रो चरणका लागि ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता साधारण सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
४ लाख ६६ हजार ३ सय ७० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS