काठमाडौं । सेयर लगानीकर्ता संघले सेयर बजारका विश्लेषक, फेसबुके सल्लाहकारहरुको जगजगिले अहिले सेयर बजार अस्थिर भएको जनाएको छ ।
संघले बिहीबार विज्ञप्ति निकाल्दै यस्तो जनाएको हो । बजारमा अनावश्यक उतार चढाव भइरहेको र नीतिगत भ्रष्टाचारमा नियामक निकायहरु तल्लिन भएकोले उनीहरुले बजारलाई तलमाथी गर्ने (घटबढ) साँचो लिएर बसिरहेकाहरुलाई पुँजी बजारलाई आफ्नो गतिमा नदिएको आरोप लगाएको छ । संघले विगतका गल्तिहरु नियामक निकायहरुबाट दोहोरिइरहेमा नेपालको पुँजी बजारले नराम्रो क्षति व्यहोर्नुपर्ने समेत जनाएको छ ।
त्यसको सम्पूर्ण जिम्मेवारीसरकारको काँधमा आउने हुँदा अर्थमन्त्रालयलाई अत्यन्त जिम्मेवार हुन र आम लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गरेको छ । लगानीकर्तालाई उच्च आत्मबलका साथ आफ्नो अमूल्य सेयर खरिद बिक्रीको निर्णय लिन आग्रह गर्दै ४ करोड र १५, सिडी रेसियो प्रकरण फिर्ता लिन सम्बन्धित निकायलाई आग्रह गरेको छ । संघका अनुसार मौद्रिक नीतिमा गरिएको ४ र १२ करोडको प्रकरणका साथै सिडि रेसियोको व्यवस्थाले बजारमा नकारात्मक प्रभाव पारेको भन्दै तत्काल सच्याउन आग्रह गरेको छ । यो विषयमा अर्थमन्त्री जनार्दन शर्मालाई पनि जानकारी गराएको र मन्त्री शर्माले ४ र १२ करोडको सिमा २ वर्ष भित्र समायोजन गर्ने व्यवस्था मिलाउने र सिडी रेसियो सरोकारवाला पक्षसँग सल्लाह गरेर पुनरावलोन गर्ने प्रतिबद्धता जनाएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS