काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको साधारण सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समय भित्र कम्पनीको सेयरमा आवेदन दिइसक्नुपर्ने छ ।
बुधवारसम्म १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । आइपीओमा माग भन्दा २७ गुणा बढी आवेदन परिसकेको छ ।
कम्पनीले असोज ११ देखि प्रति कित्ता एक सय रुपैयाँको दरले ८ करोड रुपैयाँको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा १६ हजार कित्ता कर्मचारी ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको थियो ।
आइपीओमा न्यूनतम १० देखि अधिकतम ५० कित्तासम्म आवेदन दिन सकिने छ । यसको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो । आवेदन सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर बाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS