काठमाडौं । बुद्ध एयरको जहाजमा सोमबार समस्या आएपछि सरकारले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
हवाई सुरक्षामा खेलाईची भएको भन्दै एक पछि अर्को आलोचना आउँदै गर्दा सरकारले संवेदनशील भई शक्तिशाली समिती गठन गरेको हो ।
पर्यटनमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा बनेको समितिले अब मुलुकभित्र संचालनमा रहेका सबै जहाज र हेलिकोप्टरको परीक्षण गर्ने भएको छ ।
सोमबार बुद्ध एयरको पोखरा र विराटनगर उडानमा प्राविधिक समस्या देखिएको थियो । जसले गर्दा उडानमा रहेका यात्रुले ज्यान जोखिममा राखेरै आकाशमा घण्टौसम्म फन्का मारिरहे ।
बुद्ध एयरमा बारम्बार प्राबिधिक समस्या देखिनुमा बुद्धको एउटा विमान २३ र अर्को २४ बर्ष पुरानो रहेको थियो ।त्यति मात्र नभई विमानमा भएका अन्य सामान पनि पुरानै भएका कारण बिभिन्न समस्या देखिदै आईरहेको बुद्धमा यात्रा गर्ने यात्रुको गुनासो रहेको थियो । तर यात्रुका सुझावलाई अझै पनि वेवास्ता गरिने हो भने विमानमा फेरि पनि समस्या देखिनु र दुर्घटना हुँनुमा धेरै आशंका रहेको एवं ढुक्क भई यात्रा गर्न नसकिने यात्रुको भनाई रहेकोछ ।
विमान संचालकहरुकको उड्डयन प्राधिकरण सङ्गको मिलेमतो र एकलौटी दादागिरको अन्त्यका लागि सरकारले बनाएको छानबिन समितिले हवाई सुरक्षामा थप सुधार ल्याउन सक्ने र विभिन्न हेलिकोप्टर कम्पनी र फिक्स विङ कम्पनीका जहाजमा मानवीय र प्राविधिक त्रुटीमा कमि आउने मन्त्रालयका कर्मचारीको भनाई छ ।
छानविन गर्दा नेपालमा दर्ता भएका वायुसेवा कम्पनी र उनीहरुको जहाज र जनशक्तिको अवस्था अध्ययन गरिनेछ । कुनै पनि वायुसेवा कम्पनीको भौतिक, यान्त्रिक, अभिलेखीय, आइकाओको मापदण्ड पालना नगरेको, जहाज उत्पादक कम्पनीको म्यानुअल कार्यन्वयनमा कैफियत पाइएमा त्यो कम्पनीको जहाज संचालनमा रोक लगाउनेछ।
मन्त्रालयका अनुसार यस्ता समस्या देखिएका कम्पनीलाई मन्त्रालयको शर्त पुरा नहुन्जेल ग्राउण्डेड गराइने बताएको छ ।
FACEBOOK COMMENTS