१५ असोज, काठमाडौं । अक्टोबर ४ अर्थात् आगामी सोमबारदेखि विभिन्न विद्यामा नोबेल पुरस्कार पाउने व्यक्तिको नाम घोषणा हुँदैछ ।
सोमबार चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने वैज्ञानिकको नाम सार्वजनिक गरिने छ । त्यस्तै मंगलबार भौतिकशास्त्र र बुधबार रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा गरिने छ ।
साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार, नोबेल शान्ति पुरस्कार शुक्रबार र शनिबार अर्थशास्त्रको तर्फको पुरस्कार घोषणा गरिने छ ।
पुरस्कार घोषणा मिति नजिकिँदै गर्दै सम्भावित विजेताबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । प्रतिस्पर्धीको नाम अन्तिम समयसम्म गोप्य राखिने भएपनि कोभिड-१९ खोप, मिडिया वाचडग, जलवायु अभियन्ता र बेलारुसका विपक्षी नेताहरुबारे बढी चर्चा हुन थालेको छ ।
FACEBOOK COMMENTS