काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको सेयर धितो कर्जाको सिमामा संशोधन गर्ने भएको छ ।
सेयर लगानीकर्ताको चौतर्फी विरोधका साथै अर्थ मन्त्री जनार्दन शर्माको दबाबका कारण राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमामा गरेको व्यवस्ता संशोधन गर्ने तयारीमा पुगेको स्रोतको भनाई छ ।
नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जालाई एकल ग्राहक कर्जामा प्रतिवित्तीय संस्था ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको यो व्यवस्था गरेसँगै सेयर बजारमा भारी गिरावट सुरु भएको छ ।
राष्ट्र बैंकले यो व्यवस्था गरेसँगै अर्थमन्त्री शर्माले चासोको लिएका थिए । यसको विषयमा गभर्नर अधिकारीलाई फोन गरेर जानकारी लिँदै सक्ने भए आवश्यक संशोधन गर्न समेत आगह गरेका थिए । त्यो मात्रै नभएर अनौपचारीक रुपमा धेरै दबाब दिएका कारण राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो संशोधनमा उक्त व्यवस्था परिमार्जनको तयारी गर्ने भएको हो ।
केही समय अघि यो विषयमा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल समेत भएको थियो । पछिल्लो समयमा सेयर लगानीकर्ताले संघर्ष समिति नै खडा गरेर मन्त्री र गभर्नरको राजीनामा समेत मागेका थिए । त्यसले गर्दा पनि अर्थमन्त्री शर्माले यो विषयमा निकै चासो दिएको अर्थ मन्त्रालय निकट स्रोतको दाबी छ ।
FACEBOOK COMMENTS