काठमाडौं । मेगा बैंकको खाता प्रयोगकर्ताले ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट पाउने भएका छन् । ल्याटीनले चाडपर्वलाई लक्षित गर्दै यस्तो सेवा सुरु गरेको छ । काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ ।
कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुटसहित ३० प्रतिशत छुटि दिने भएको छ । कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो । कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने जानकारी गराएको छ ।
FACEBOOK COMMENTS