काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकमा ४४ अर्ब ८० लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा ८ करोड ४० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।
उक्त रकम उल्लेखित सीमाभित्र रही आफूले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत बैंकले तोकेको फारमबाट कुल लगानी योग्य रकम मध्ये कात्तिक २ गते देखी २०७९ कात्तिक २ गते सम्मको लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम राखेर १९ गतेसम्म ब्याजदर प्रस्ताव गर्न भनिएको छ । यसको लागि विभिन्न शर्त तोकिएको छ ,
FACEBOOK COMMENTS