काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैकले आर्थिक वर्ष २०७७–०७८ को वितरणयोग्य मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस २० प्रतिशत रहेको छ भने कर सहित १.०५ प्रतिशत नगद लाभांश रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
FACEBOOK COMMENTS