काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नभएको पाइएको छ ।
जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको हो ।
निगमले ‘हाईफ्लाई एक्स’सँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएको छ ।
बोर्ड बैठकमै दुई पटक यससम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ ।
कंसाकारले जहाजसँगै ‘वारेन्टी पेपर’ आउने भने पनि हालसम्म उपलब्ध नगराएको निगमकै एक उच्च स्रोतले जानकारी दिएको छ ।
झन्डै २३ अर्ब रुपैयाँ खर्चिएर खरिद गरिएको दुई थान जहाज काठमाडौं आइसकेको छ ।
– कारोबार
FACEBOOK COMMENTS