काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र महेन्द्र नारायण निधि मेमोरियल अस्पतालबीच सम्झौता भएको छ । बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको सो अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक–इन हाउस, फार्मेसी लगायतमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसीनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको गुरुङ्गले जानकारी दिए ।