काठमाडौं । अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो ।
डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ।
डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।
ध्यान दिनुपर्ने खास पाँच कुरा
– डीभी भर्न योग्य हुन शैक्षिक योग्यता १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव अनिवार्य छ ।
– ६ महिनाभन्दा पुरानो फोटो डीभी भर्दा प्रयोग नगर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डीभीका लागि अयोग्य हुने सम्भावना रहन्छ । आफ्ना विवरण र कागजात जाँचबुझ गरेर अपलोड गर्नुहोस् । नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु सही भर्नुहोस् ।
-डीभी भर्दा विवाहितले दम्पती र सन्तान भए फारम भर्दै विवरण राख्नुहोस् । अन्यथा पछि झन्झट हुन सक्छ ।
– आधिकारिक वेवसाइटबाटमात्र डीभी भर्नुहोस् । अक्टोबर ६ पछि अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा डीभी भर्ने लिंक उपलब्ध भइसकेको छ ।
– पटक पटक आवेदन भर्ने भूल नगर्नुहोस् । यसअतिरिक्त डीभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएकाले पासपोर्ट बनाउनु भएको छैन भने पासपोर्ट बनाइहाल्नुहोस् ।
FACEBOOK COMMENTS