सत्ता गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् ।
बालुवाटारमा विहीबार बसेको बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको छ।
अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५ तथा जसपा र एकीकृत समाजवादीले ४र४ मन्त्रालय पाउने भएका छन्।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपासहितको सत्ता गठबन्धनका शीर्ष नेताहरुको ३ घण्टा लामो छलफल पछी सहमति जुटेको हो ।
माओवादी केन्द्रले अर्थ, उर्जा मन्त्रालय लिइसकेको छ । अब उसको कोटामा शिक्षा, भूमि व्यवस्था तथा सहकारी र खानेपानी मन्त्रालय परेको छ । यस्तै एकीकृत समाजवादीले स्वास्थ्य सहित शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय गरि ४ मन्त्रालय पाएको छ ।
प्रधानमन्त्री पाएको कांग्रेसले रक्षा, सञ्चार, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य तथा आपुर्ति पाएको छ ।जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाएको छ ।
FACEBOOK COMMENTS