काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार दुई राज्यमन्त्रीसहित १८ मन्त्री नियुक्त भएका छन्। देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा गजेन्द्र बहादुर हमाललाई दिएका छन्। नेपाली कांग्रेसभित्र सांसद रहेका अरू थुप्रै आकांक्षी भए पनि देउवाले हमाललाई नै मन्त्री बनाएका छन् ।
बाँकेबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेका हमाल २०५३ देखि ५६ सालसम्म बाँके जिल्ला कांग्रेस सभापति थिए। उनका भाइ सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य छन्। हमाल गैरसांसद हुन्। संवैधानिक व्यवस्थाअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ।संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति (१) धारा ७६ को उपधारा (९) मा जनुसकुै कुरा लेखिएको भए तापनि प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ। त्यसरी नियुक्त भएको व्यक्तिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसके स्वतः पदमुक्त हुने व्यवस्था छ।
FACEBOOK COMMENTS