काठमाण्डौँ – दोलखावासीले अपर तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) काठमाडौंबाट पनि भर्न पाउने भएका छन् ।
काठमाडौबाट पनि निश्चित अवधि र स्थानबाट सेयर आवेदन संकलन गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ ।
बोर्डले आधिकारिक निर्णय गरेर खुला गर्ने सहमति भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले जानकारी दिए ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीको स्थानीयको सेयरका बारेमा कम्पनीले बिहीबार काठमाडौंमा छलफल कार्यक्रम गरेको थियो ।
अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सीईयो श्रेष्ठका अनुसार दोलखामा रहेका बैंकका शाखा भएका २१ वटा स्थानबाट सेयर आवेदन संकलन हुने र बैंक नभएका स्थानमा घुम्ती संकलन केन्द्रको ब्यवस्था गर्ने निर्णय भएको छ ।
प्रत्येक आवेदकको बैंक खाता अनिवार्य नगरी आवेदकले इच्छाएको परिवारको कुनै १ सदस्यको खातामा फिर्ता हुने नगद जम्मा गर्ने ब्यवस्था गर्न धितोपत्र बोर्डलाई अनुरोध गरेको छ ।
दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणाधीन छ ।
तामाकोसीको आईपीओ साउन १६ देखि भदौ १४ गतेसम्म निष्कासन हुनेछ ।
प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
– कारोबार
FACEBOOK COMMENTS