असोज २४ । लुम्बिनीको मन्त्रिपरिषद्ले आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री थपिएपछि पूर्णता पाएको हो।
प्रदेश सरकारमा नयाँ थपिएका मन्त्रीमध्ये दाङबाट ३ जना छन्।
माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्रीमा इन्द्रजित थारू, माओवादीबाटै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीमा विमलाकुमारी खत्री र कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा अर्जुनकुमार श्रेष्ठ तीनै जना दाङका हुन्।
यसअघि कांग्रेसको तर्फबाट दाङका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकासमन्त्री भइसकेका छन्।
FACEBOOK COMMENTS