काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्रै उक्त आईपीओमा आवेदन दिन सकिने छ । कम्पनीले असोज २० गतेबाट ९० करोड रुपैयाँको ९० लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ ।
जसमा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।
८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS