पढ्दा रमाइलो लाग्न सक्छ, दशैमा नेपालभित्र ६० अर्व रुपैयाँको मासुको कारोबार हुन्छ । यसपाली पोखराको बजारमा एउटै च्याङग्राको मूल्य पचास हजार रुपैयाँमा किनबेच भइरहेको छ । र अर्को रमाइलो कुरा वर्षभरिको नौ महिनामा जति मासु नेपालीहरुले दशैं सुरुभएपछिको तीन महिनामा खान्छन् । यसपाली अर्थ र जीवनमा मैले मासुको कारोवारलाई समेटेकी छु ।
दशैं सुरु भएसंगै अहिले बजारमा खसीबोका तथा पशुपन्छीको कारोवार उल्लेख्य मात्रामा बढेको छ । अहिले काठमाडौं शहर लगायत देशभरका प्रमुख बजारमा खसीबोका लगायत मासुजन्य पशुपंछिको विक्रीवितरण सुरु भइसकेको छ ।
पशुसेवा विभागले दशैंमा मात्र उपत्याकामा ५० हजार र देशभर तीस लाख खसीबोका खपत हुने प्रक्षेपण गरेको छ । यसरी हेर्दा दशैंमा मात्र नेपालीले खसीबोका, राागापाडा तथा सुंगुरबंगुर गरि करिव ६० अर्ब रुपैयााको मासु उपभोग गर्छन् ।
पशुसेवा विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार वर्षभरिको ९ महिनामै जति नेपालीले दशैं सुरु भएपछिका तीन महिनामा मासुको उपभोग गर्छन् । कुखुरा, राागा पाडा, बंगुर लगायतका पशुपन्छीकोे खपत सामान्य अवस्थामा भन्दा ३० प्रतिशतसम्मले वृद्धि हुन्छ । कृषि पेशामा रहेका ५४ लाख परिवारले पनि आफै हुर्काएका खसीबोका र पशुपन्छीको यसै समयमा उपभोग गर्छन् । बढ्दो सडक संचाजले पनि स्थानीयस्तरमा भएका पशुपन्छीको विक्री वितरण बजारसम्म ल्याउन थप सहज भएको छ । मूख्य शहर आसपासमा किसान आफैले विक्रीवितरण समेत गर्न गरेका छन् ।
नेपालमा वाषिर्क १० अर्वको खसीबोको आयात रहेको हुने गरेको छ । नेपालमा वाषिर्क ५ लाख ४८ हजार मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । तर हाम्रो न्यूनतम आवश्यकता भने तीन लाख ८० हजार मेट्रिक टन हो । नेपालीको प्रतिव्यक्ति मासुको उपलब्धता वाषिर्क औसत १८ किलो पुगेको छ, जनु संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले तोकेभन्दा चार केजी बढी हो । राष्ट्र संघले मानिसको पोषण सुरक्षाका लागि पनि कम्तिमा १४ केजी मासु उपभोग हुनुपर्ने देखाएको छ । कुल उत्पादनमा रागाापाडाबाट ३५ प्रतिशत, खसीबोकाबाट १६ प्रतिशत, सुागुरबंगुरबाट करिव ६ प्रतिशत उत्पादन हुन गरेको छ । वितेका १५ वर्षमा सबैभन्दा बढी योगदान ४६ प्रतिशत कुखुराको छ ।
नेपालमा वाषिर्क ९१ हजार मेट्रिक टन माछाको उत्पादन रहेको छ । तर बजार माग भने करिव १ लाख १० हजार रहेको छ । १९ हजार मेट्रिक टनको बाहिरबाट आयात भइरहेको छ । माछा मासुको उत्पादनमा दिनप्रति बढोत्तरी भएपनि मूल्य भने कम हुन सकेको छैन । उत्पादन लागत नै बढी भएको हुादा उपभोक्ताले प्रति केजी खसीको मासुलाई १४ सय रुपैंयाासम्म तिर्ने गरेका छन् । पछिल्ला वर्षमा नयाा उद्यमीले हाास, अष्ट्रिज, कालिज जस्ता नविनत पन्छीको उत्पादन गरेर नयाा स्वाद पस्किएका छन । तर उनिहरुको पनि लागत बढी हुादा त्यसले बजार हस्तक्षेप भने गर्न सकिरहेको छैन ।
उता दशैंको सुरुवातसंगै पोखरामा च्यांग्रा भित्रिएका छन् । तर यसपाली तिब्बतबाट च्याङग्रा आएका छैनन् । मुस्ताङ र बझाङबाट तीन साता लामो पैदल यात्रापछि पोखरा आइपुगेका च्याङग्राले पोखराका बजारमा दशैंको रौनक थपेको छ ।
अहिले पोखराको याम्दी, जौबारी, हेम्जा लगायत क्षेत्रमा च्यांग्रा र भेंडाको बथान देख्न सकिन्छ । कोरोना कहरका कारण चीनको तिब्बतबाट च्याङग्रा नआएकाले यसपटक मुल्य भने महंगो छ । अहिले एउटै च्यांग्राको मूल्य ५० हजार रुपैयाासम्म छ । यो गत वर्षभन्दा एउटै च्याङग्रामा १२ देखि १५ हजार रुपैयाासम्म महंगो हो ।
उच्च हिमाली क्षेत्रमा पालिएका, जडीबुटी खाएर हुर्कने भएकोले पनि दशैंका बेला धेरैले च्याङग्रा किन्ने गरेका छन् ।
व्यापारीहरु दशैं आउन दुई महिना अघि नै गोठमा पुगेर च्याङग्रा खरिद गर्छन् । घटस्थापना शुरु भएसँगै बिक्रीका लागि पोखरा ल्याउँछन । अघिल्लो दशैंमा ३० हजार वटा च्याङग्रा पोखरा भित्रिएको थियो । तिब्बतबाट ल्याउन नमिलेका कारण यसपाली मुश्किलले १० हजार जति मात्र च्याङग्रा पोखरा भित्रिएको छ ।
FACEBOOK COMMENTS