काठमाडौं– नेपालले भारतसँग थप दुई बन्दरगाहको माग गरेको छ।
तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि माग गरिएका नयाँ बन्दरगाह मध्य गुजरातको मुन्द्रा र उडिसाको धमरामा रहेका छन्। अहिले नेपालले आन्ध्र प्रदेशको बिशाखापटनम र कोलकाताको हल्दिया बन्दरगाह प्रयोग गर्दै आएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले नयाँ बन्दरगाह प्रयोग गर्न दिने विषयमा भारत सकारात्मक रहेको बताए। उनले भने, ‘यी दुई बन्दरगाह प्रयोग गर्न पाउने हो भने नेपालको तेस्रो मुलुकसँगको व्यापार थप सहज हुनेछ।’
FACEBOOK COMMENTS