काठमाडौँ । नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । हिन्दु धर्मावलम्बीको महान् चाड दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् ।
काठमाडौँमा आज सम्म सबैले दसैका मासुको ब्यबस्थापन गरिसक्नु भएको होला यदि छैन भने खसी, बोका, भेडा र हाँसको व्यापार प्रदर्शनी मार्गस्थित खसी बजार, कलङ्की खसी बजार, बालाजु माछा पोखरी, चाबहिल तरकारी बजार, कोटेश्वर लगायतका स्थानमा धमाधम भइरहेको छ ।
जिउँदो खसी तथा बोकाको मूल्य प्रति किलो ६ सय देखि ७ सय सम्ममा खुद्रा व्यापार भइरहेको छ । यस्तै हाँस प्रति गोटा १ हजार देखि किन्न पाइन्छ ।
तराइका विभिन्न भागबाट हाँसको व्यापार गर्न काठमाडौँ ल्याइएको छ । यसै गरी पहाडी जिल्लाबाट खसी,बोका र भेडा स्थानीय व्यापारीहरू र कृषकहरूले काठमाडौँ ल्याएका छन् ।
FACEBOOK COMMENTS