असोज २८ काठमाडौं । हिन्दू नेपालीको महान पर्व दशैं हामी नेपालीको घरआँगनमा भित्रिसकेको छ । वर्षभरी आफ्नो कार्यमा रमाउने उद्योग ब्यवसायिक नेतृत्वहरु लाई पनि यतिबेला दशैंको माहोलले छोइसकेको छ ।
केही व्यवसायी यो वर्ष फूर्सद निकालेर आफन्तसँग दशैं मनाउने कसरतमा छन् भने केही व्यवसायी कार्यक्रमको व्यस्तता सँगै दशैं परिवार र कर्मचारी सङ्ग मनाउने बताउँछन् । कतिपय व्यवसायी यसपटको दशैं आफ्ना लागि विषेश हुने सुनाउँछन् । कतिपय व्यवसायीले दशैंको विशेषयोजना समेत बनाएका छन्, । भने केही दशै हल्काफुल्कामै बिदा गर्ने मूडमा देखिएका छन् ।
व्यवसायीको दशैं योजना उनीहरूकै शब्दमाः
भवानी राणा (निवर्तमान अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ )
उपासना र पूजाले अध्यात्मिक शक्ति र शान्ति प्रदान गर्छ भन्ने विस्वास राख्दै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा दशै मनाउन पुख्यौलि निवास नेपालगंज पुगेकी छन् ।
नबदुर्गाको नौ दिन नै व्रत बसेर दुर्गा भवानिको उपासना गर्ने राणा दशैको महत्व ब्यग्लै र विशिष्ठ रहेको बताउँछिन् ।
उपासना र पूजाले अध्यात्मिक शक्ति र शान्ति प्रदान गर्छ । काठमाडौंमा ब्यस्त रहने गर्दा दशैको मौकामा नेपालगंजमा रहेको ब्यवसायहरुको पनि जानकारी लिने उनको योजना रहेको छ ।
चन्द्र प्रसाद ढकाल (बरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ )
नेपालकै ख्याति प्राप्त उद्योगी चन्द्र प्रसाद ढकाल यसपालिको दशै काठमाण्डौं मै मनाउने योजनामा छन् । ईस्ट मित्र र बर्ष भरिनै आफूलाई साथ दिने कर्मचारीहरुको साथमा ढकालले दशैं मनाउने छन् । त्यस पछी भने कार्य ब्यस्तता बाट केही राहत लिन लुक्ला हँुदै एभरेष्ट बेस्ट क्याम सम्मको ट्रेकिङमा जाने उनको योजना रहेको छ ।
उमेशलाल श्रेष्ठ (प्रसिद्ध व्यावसायीक व्यक्तित्व)
यसपाली श्रेष्ठको दशैं पनि काठमाडौं मै परिवार सँग मनाउने बताएका छन् । नेपाल कम्युनिष्ट पर्टिका सस्थापक पुष्पलालका छोरा समेत रहेका श्रेष्ठले दशैं सत्यको जितको प्रतिक रहेको बताउँछन् । उनि भन्छन् “दशैं नारी प्रति कुदृष्टि राख्ने मैसासुरको अन्त्य गरेको समय हो । त्यसैले मानिसले आफ्नो जिवनमा यसको महत्वलाई बुझेर अनुसरण गर्न सके दशैंको महत्व सिद्ध हुन्छ । ”
हेमराज ढकाल (सभापति स्वास्थ्य विभाग नेपाल उद्योग वणिज्य महासंघ )
ढकालको दशैं पनि योपाली काठमाडौं मै मनाउने योजना रहेको छ । दशैंको टिका लगाएपछि लगातारको कार्य व्यस्थता बाट रिफ्रेसमेन्टका लागि देश वाहिर घुम्न जाने गरेकोमा यसपाली भने आन्तरीक पर्यटनलाई प्रर्बद्धन् गर्न पोखरा जाने योजनामा रहेका छन् । दशैं सत्यको जित भएकोले सत्यको आत्मासात गर्न सबैलाई आग्रह गर्दै दशैको शुभकामना दिएका छन् ।
राजेन्द्र मल्ल (अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्स)
कोरोनाको संक्रमण अझै सकिएको छैन । त्यसैले दशैँ मनाउँदा पनि स्वाथ्यसम्बन्धी मापदण्ड अपनाएर मनाउन पर्छ । कोरोना संक्रमण नसकिएकाले कतै घुम्न जाने योजनामा छैन ।
आफ्नै घरमा बसेर टीका थाप्ने,आशीर्वाद लिने, आफन्तसँग भेटघाट गर्ने नै हो । कोरोना संक्रमण नसकिएसम्म घुम्न जाने अरु कुनै नयाँ योजना बनाउनेजस्तो अवस्था छैन ।
FACEBOOK COMMENTS