शेयर बजार अहिले मौनता छाएको छ । नेप्से सूचक २० प्रतिसत भन्दा धेरै घटेपछि यसमा लगानी गर्नेहरुको मनोबलमा एक किसिमको धक्का लागेको छ । त्यसैले लगानीकर्ताहरु पेनिक सेलमा उत्रिका छन् ।
ठुला रुपमा कर्जा लिएर लगानी गरेकाहरु राष्ट्र बैंकको ४ र १२ करोडको नियमले अन्योलमा परेका छन् । भने धेरैले २७ सयको विन्दु सम्म पुग्दा पनि राम्रै नाफा बुक हुने भएकाले शेयर विक्रि गरि लोन रकम घटाउन तिर लागेको देखियो । त्यसको प्रभाब बजारमा पर्यो ।
बढ्ने भन्दा घट्ने क्रम बढेसँगै सेयर बजार वियरिस ट्रेण्डमा प्रवेश गरेको विश्लेषण समेत गर्न थालियो । साथै बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्न सक्ने मनोविज्ञानले काम गर्न थाल्यो ।
हामीले शेयरलाई बिश्व बजार बाट हेर्नु पर्दा छीमेकीदेश भारत र चीनकै बजारलाई विष्लेशण गर्दा पनि हुन्छ । नेपाल भारतको स्याडो इकोनमिक पर्ने देश हो । ढिलो चाडो छीमेकि देशको प्रभाव यहाँ पनि देखिन्छ ।
आर्को पक्ष शेयर बजारले नयाँ उचाई बनाउनेमा ईकोनमिस्टहरुको एउटै राय हुनुले पनि शेयर बजार ३५ सयको विन्दु हुँदै ६ हजारको बिन्दु पुग्ने देखिन्छ । तर यो आजको भोलि हुने हैन यसका लागि बजारले धेरै नै उतार चढावहरु झेल्नु पर्ने हुन्छ ।
शेयर बजारलाई अहिले बैंकको निक्षेप संग तुलना पनि गरिएको देखिन्छ । तर शेयर भनेको लगानी हो । निक्षपको सिमित प्रतिसत हुन्छ । लगानिको अनिश्चित फाईदा हुन्छ । त्यसैले पनि यसको निक्षप सँग तुलना हुँदैन । सबैभन्दा बुझ्नु पर्ने कुरा यो पूँजि बजार हो । पूँजि बजारको विकासले नै ठुलठुला परियोजनाहरु बन्न वा अन्तर्राष्ट्रिय लगानी भित्रन सक्छ ।
शेयर बजारमा अहिले ४२ लाख लगानी कर्ताको सहभागिता छ । तर यी सबै लगानी कर्तामा परिपक्कता आउन बाँकि नै छ ।
हामी सानो हाउगुजिले पनि पेनिक सेलमा उत्री हाल्ने बानी परेको छ ।
कुन शेयर किन्दा कति जोखिम छ । त्यसले प्रत्येक बर्ष बोनस दिन सक्छ कि सक्दैन केहि जानकारी बिना नै कारोवार गर्नुले पनि जोखिम झन् बढ्दै गएको छ ।
राष्ट्र बैंकले ल्याएको ४–१२ को नितिलाई पनि अबको दिनमा परिमार्जन गर्नु पर्ने चौतर्फि दवाब देखिन्छ ।
तर राष्ट्र बैंक र अर्थ मन्त्रालय जथा भावी शेयर बजार कर्निङ हुन दिने पक्षमा देखिदैन । बजार अहिले पेनिक देखिएपनि आगामी दिनमा यसको बजार माथी जान कसैले रोकेर रोक्न सक्दैन । लगानी गर्नेहरुलाई अहिले अग्नी परिक्षा जस्तै भएको छ । जसले शेयर टिकाउन सक्यो या बचाउन सक्यो उसको बलियो दिन आउने पक्का छ । तर आतिएर बेच्नेहरुको पछुताउनु वाहेक केहि हुने वाला छैन ।
FACEBOOK COMMENTS