नेपाल बार एशोसियसनले १५ दिनभित्र गोलाप्रथाबाट पेशी तोक्नपर्ने प्रावधान लागू गर्न प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ ।
शुक्रबार नेपाल बार एशोसिएसनको बैठकले प्रधानन्यायाधीश जबरालाई न्यायालय सुधारको प्रतिवद्धता व्यक्त गर्न १५ दिनको समय दिदै त्यो भन्दा पर गएमा विश्वास गर्न नसकिने विकल्पको खोजी गर्ने निर्णय गरेको छ ।
बारले न्यायिक शुद्धता, निष्पक्षता कायम राख्न र विकृत विसंगति हटाउन अदालतको पेशी व्यवस्थापन र इजलास गठन सम्बन्धमा भइरहेको गलत कार्यहरूको सट्टामा स्वचालिक पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतमा गोलप्रथाबाट पेशी तोक्न माग गरेको छ ।
यसअघि प्रधानन्यायाधीश राणाले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको समितिको उक्त प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
साथै बारले कात्तिक ७ गते प्रधानन्यायाधीश राणालाई भेटेर समसामयिक विषयमा छलफल गर्ने र त्यसपछि थप निर्णय लिने पनि जनाएको छ ।
FACEBOOK COMMENTS