कार्तिक ६ काठमाडौं । नेपालका लागि माल्टाका गैरआवसीय राजदूत रुबिन गाउचीको स्वागत र सम्मान समारोह कार्यक्रम सम्प्पन भएको छ ।
माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठले उक्त कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धन,आर्थिक ब्यबसाय र वित्तीय क्षेत्र बिकासका लागि दुवै देशका निजि क्षेत्र बीच आपसी सहकार्य भएमा बिकाशले गति लिन सक्ने कुरामा छलफल भएको थियो ।
माल्टा र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत गाउचीले त्यसलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउदै नेपालको आर्थिक प्रगतिका लागि माल्टाका तर्फबाट लगानी तथा बिकासको अनुभब साटासाट गर्दै सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै गाउचीले नेपालमा रोचक, अनौठा र चाखलाग्दा रीतिरिवाज, संस्कृति, भेषभूषा, संस्कार, जैविक र भौगोलिक विविधताले आफु आकर्षित भएको र संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र नेपालीको गौरबलाई सम्मान गर्दै नेपालको पर्यटन प्रवद्र्धन , ब्यबसाय बिकास र आर्थिक उन्नतिका लागि प्रचुर सम्भावना रहेको बताएका छन् ।
यसका लागि उनले माल्टा र नेपालबीचको सहकार्यमा व्यापार तथा लगानी गर्न इच्छुक व्यवसायी तथा लगानीकर्ताहरुलाई सहयोग तथा सहजीकरण मा आफु सकारात्मक रहेको समेत बताएका छन् ।
FACEBOOK COMMENTS