कार्तिक ६ काठमाण्डौ । पेट्रोलियम पदार्थको एकाधिकार प्राप्त नेपाल आयल निगम घाटाको दलदलमा फँसेको छ । अर्कोतर्फ उपभोक्ताहरु पेट्रोलियमको लगातार मूल्यवृद्धिबाट आजित छन् ।
सरकारले विभिन्न प्रकारका कर घटायो भने पेट्रोलियम पदार्थको बजारमूल्य कम हुन सक्छ । १० रूपैयाँ पूर्वाधार करलाई घटाएर ५ रुपैयाँमा झार्नसके प्रतिलिटर ५ रुपैयाँ घाटा कम हुन आउँछ ।
अन्य करहरु पनि घटाए निगमको घाटा कम हुने र उपभोक्ताले पनि सस्तोमा पेट्रोलियम पदार्थ पाउने देखिन्छ ।
हप्तैपिच्छे भाउ बढाउँदा पनि घाटामा जानुको कारणबाट निगमको रेडिमेड जवाफ हुन्छ– अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुन नसक्नु । निगमका अनुसार उसले भारतबाट किनेको डिजेल भारतमै भन्दा प्रतिलिटर ५२ रुपैयाँ ७३ पैसा र पेट्रोल प्रतिलिटर ४८ रुपैयाँ ८२ पैसा सस्तोमा बिक्री गरिरहेको छ । तर, यो एउटा पाटो मात्रै हो । निगम घाटामा जानुमा सरकारको चर्को कर असुली र अनियन्त्रित चुहावट उत्तिकै जिम्मेवार छन् ।
निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ १ पैसा घाटा भइरहेको छ । यस्तै, डिजेलमा प्रतिलिटर १४ रुपैयाँ १६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ५११ रुपैयाँ ८८ पैसा र एविएशन टर्बाइन फ्यूल (जेट ए – १) सरसहितकोमा प्रतिलिटर ४ रुपैयाँ ५६ पैसा घाटा भइरहेको छ । अहिलेको मूल्यसूचीअनुसार १५ दिनमा २ अर्ब २२ करोड घाटा हुने अनुमान गरेको छ ।
FACEBOOK COMMENTS