काठमाडौं । अहिले पनि कोरोनाभाइरस सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेना र पशुपति क्षेत्र विकास कोषको सहकार्य जारी छ ।
सङ्क्रमितको मृत्यु घोषणा भएपछि सुरुमा परिवारलाई जानकारी दिइन्छ । त्यसपछि आवश्यक कागजपत्रसहित मृत्युबारे खबर सेनालाई इमेलमार्फत् पठाइन्छ ।
अनिमात्र सेनाले शव लिनका लागि आउने समयबारे जानकारी गराउने गर्छ भने त्यस्तै कुनै कुनै अस्पतालहरूले पनि आआफ्नो विधि बनाएर शव सेनालाई हस्तान्तरण गर्ने अधिकारीहरू बताउँछन्। त्यसपछि अस्पतालको ड्युटीमा खटेका सम्बन्धित कर्मचारीले सुरक्षानीति अपनाएर शवलाई प्लास्टिकमा बर्नेकाम गर्छन ।तेसपछी मृतकको आफन्त आएर अनुहार हेर्न चाहेको अवस्थामा मात्र खोलिन्छ । दूरी कायम गरेर हेर्न दिइन्छ,र सेना आएपछि हाम्रै कर्मचारीले गाडीसम्म पुर्याउनुहुन्छ।
नेपाली सेनाले मृतकलाई शवदाहगृहसम्म पुर्याउँछ। सरकारी तथा निजी अस्पतालदेखि होम आइसोलेशनमा मृत्यु भएका सङ्क्रमितहरूको शव व्यवस्थापनमा पनि सेना सक्रिय रहेको दाबी गर्छन् नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेल।
सेनाले पुर्याएको शव अन्त्येष्टि गर्ने काम भने पशुपति क्षेत्र विकास कोषअन्तर्गत खटिएका कर्मचारीहरूले गर्छन्। उनीहरूले शवलाई मशीनमा राख्नेदेखि सम्बन्धित परिवारलाई अस्तु दिनेसम्मको काम गर्छन्। सुरुदेखि शव व्यवस्थापनको जिम्मेवारी सम्हालेका ध्रुवतारा मुडभरी भन्छन्, पशुपति आर्यघाट क्षेत्रमा पीपीई लगाएर सङ्क्रमितको अन्तिम संस्कार गर्ने कोषका साथीहरू हौँ । तर श्रेय सबै सेनाले पाएको भान हुन्छ।
शव व्यवस्थापनमा खटिएका हरु हाल सङ्क्रमितको शवको चाप नभएकाले काम केही लचिलो भएको महसुस गरेको बताउछन । स्वास्थ्य मन्त्रालयले दैनिक प्रकाशित गर्ने तथ्याङ्कमा शुक्रवार अपराह्णसम्म २४ घण्टाको अवधिमा देशभरि थप ११ जनाको कोभिडका कारण मृत्यु भएको थियो।
त्यस्तै बुधवार र बिहीबार क्रमशः १३ र आठ सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क थियो।नेपाली सेनाले काठमाण्डू उपत्यकाभित्र कार्तिक १ र २ गते आठ-आठवटा, ३ गते चारवटा र चार गते सातवटा शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्याएको प्रवक्ता पौडेलले बताए। दशैँयता सङ्क्रमण दर केही बढे पनि तथ्याङ्क हेर्दा मृत्युदर भने घटेको छैन।
FACEBOOK COMMENTS