काठमाडौं । अफगानिस्तानको जलालाबाद शहरनजिक शुक्रवार एक मस्जिदमा बम आक्रमण गरिँदा १५ जना घाइते भएको तालिबानका एक प्रवक्ताले जनाएका छन् ।
नानगारहार प्रान्तीय सरकारका प्रवक्ता कारी हनिफले ट्राइली शहरमा रहेको मस्जिदमा बम राखिएको पाइएको बताए ।उक्त प्रान्तमा इस्लामिक स्टेट समूहले हिंस्रक अभियान चलाइरहेको छ । तालिबान लडाकू र आईएस लडाकूबीच त्यहाँ गोली हानाहान हुने गरेको छ ।
FACEBOOK COMMENTS