काठमाडौँ । दाङमा मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीय बालकको ज्यान गएको छ ।
शान्तिनगर गाउँपालिका-७ खैरेनीका ५ वर्षीय छोरा स्मार्ट डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा७प ३१३१ नम्बरको मोटरसाइकले बालकलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचाकार क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
FACEBOOK COMMENTS