काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद समरक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइन आह्वान गरेको छ । एन्फाले एक सूचना प्रकाशित गर्दै शहीद स्मारक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइनका लागि आवेदन आह्वान गरेको हो ।
लोगो डिजाइनका लागि आवश्यक मापदण्ड–
–थीम : लोगोले फुटबलको भावना, राष्ट्रप्रेम र शहीदहरूप्रतिको सम्मान झल्काउने हुनुपर्छ ।
लोगोमा समावेश हुनैपर्ने तत्त्वहरू–
फुटबल प्रतीक : बल, गोलपोष्ट वा खेलसम्बन्धी कुनै चिह्न, नेपाली पहिचान (राष्ट्रिय झण्डा, रङ वा संस्कृति झल्काउने डिजाइन), शहीदको सम्मान र प्रतिनिधित्व गर्ने चिह्न वा कल्पना, स्पष्ट रूपमा ‘शहीद स्मारक ए डिभिजन लिग’ भन्ने पाठ (टेक्स्ट) समावेश ।
–फरम्याट : डिजाइन एडोब इलुसट्रेटर फाइलमा पेस गर्नुपर्नेछ ।
–मौलिकता : लोगो पूर्णतः मौलिक हुनुपर्छ, अन्य कुनै लोगोबाट नक्कल गरिएको हुनु हुँदैन ।
–प्रयोग : लोगो विभिन्न माध्यमहरूमा प्रयोग गर्न मिल्ने हुनुपर्छ (जस्तैः प्रिन्ट, डिजिटल, तथा टेलिभिजन ब्रोडकास्ट)
लोगो पेस गर्ने अन्तिम म्याद : एन्फाले इच्छुकले आफ्नो डिजाइन २०८२ भदौ १५ गते (अगष्ट ३१, २०२५) भित्र procurement@the- nfa.com मा ई–मेलमार्फत पठाउन आग्रह गरेको छ । एन्फाले चयन गरिएको लोगोमा आवश्यक परेमा संशोधन गर्ने र सबै आधिकारिक प्रयोजनमा प्रयोग गर्ने अधिकार राख्ने बताएको छ ।
उत्कृष्ट डिजाइनलाई एन्फाबाट नगद ३५ हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।
ट्रफी डिजाइनका विशेषता–
–ट्रफी १० किलो शुद्ध चाँदी प्रयोग गरेर निर्माण गरिनेछ ।
डिजाइनले निम्न पक्षहरु झल्काउनु पर्नेछ–
–फुटबलमा विजय र सम्मान
–राष्ट्रिय गौरव र पहिचान
–शहीदहरूप्रतिको श्रद्धाञ्जली
ट्रफी विशिष्ट, भव्य र लिगको गौरवपूर्ण इतिहास झल्काउने किसिमको हुनुपर्छ ।
डिजाइनरले पेस गर्नुपर्ने विवरण–
–प्रारम्भिक स्केच वा थ्रीडी मोडेल
–डिजाइनको प्रेरणा तथा व्याख्या
–फाइल फारम्याट : पीडिएफ, एडोब इलुसट्रेटर वा थ्रीडी डिजाइन फाइल
लोगो पेस गर्ने अन्तिम म्याद : आफ्नो डिजाइन प्रस्ताव २०८२ भदौ १५ (अगष्ट ३०, २०२५) भित्रमा procurement@the-anfa.com मा पठाइसक्नु पर्नेछ । छनोट गरिएको डिजाइन आधिकारिक ट्रफी निर्माणमा प्रयोग गरिनेछ र डिजाइनरलाई एन्फाबाट औपचारिक रूपमा सम्मानित पनि गरिनेछ ।
पुरस्कार– विजेता डिजाइनरलाई एन्फाबाट नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
FACEBOOK COMMENTS