पोखरा मंसिर ५, पाेखरामा आइतबार बिजुलीकाे तार सर्ट भएर आगलागी हुँदा घरकाे काेठामा रहेका सामान जलेर नष्ट भएकाे छ । आइतबार दिउसाे पाैने ३ बजेकाे समयमा कास्कीकाे पोखरा महानगरपालिका-२७ अर्घौचोकस्थित राजेन्द्रमणि लामिछानेको घरमा बिजुलीको तार सर्ट भएर घरको दोस्रो तलाको बैठक कोठामा अचानक आगलागी भएको हाे ।
प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ । आगोलागीबाट कोठामा भएका सामानहरु जलि नष्ट भई अन्दाजी पाँच लाख बराबरको क्षति भएको जनाइएकाे छ । घटनामा मानवीय तथा पशु-चौपाया क्षति नभएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।
FACEBOOK COMMENTS