काठमाडौँ । नेपालका लागी श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघको कार्यालयममा भ्रमण गरेका छन् ।
यस अवसरमा उनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापालगायत पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए । राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी सञ्जालको विषयमा चासो व्यक्त गरेका थिए । श्रीलङ्कामा पनि यस्तै छाता संगठन मार्फत गैरआवासीयलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उनको भ्रमण केन्द्रित थियो ।
राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो सञ्जाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै सञ्जाल बनाउने अभियानमा श्रीलङ्काको सरकार प्रयासरत रहने बताएका थिए ।
FACEBOOK COMMENTS