भाद्र २६, काठमाडौं । काठमाडौं उपत्यकाको खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न तीनै जिल्ला प्रशासनका सीडीओहरुको बैठक भोलि बस्ने भएको छ । संक्रमण दर घटेको तर मृत्युदर स्थिर रहेको परिस्थितीमा बस्न लागेको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले खुकुलो तुल्याइएका कतिपय क्षेत्रबारे समीक्षा गर्ने भएको छ ।
बैठकले भदौ मसान्तसम्म कायम रहेको निषेधाज्ञालाई स्मार्ट लकडाउनको कार्यविधिअनुसार कसरी अघि बढाउनेबारे निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
प्रशासनले विद्यालय खुलाउन अनुमति दिएपनि स्थानीय निकायलाई विद्यालय खुलाउन भैरहेको कठिनाइबारे पनि छलफल हुने सीडीओ रिजालले जनाए ।
FACEBOOK COMMENTS