काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच मर्जरको प्रक्रिया अगाडि बढेको छ ।
मर्जर प्रक्रिया अगाडि बढाउनको लागि मर्जर समिति गठन भएको छ । मर्जर प्रक्रियाका लागि सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा संयुक्त मर्जर समिति गठन भएको छ । उपाध्याय कुमारी बैंकका पूव सीईओ हुन् ।
स्रोतका अनुसार आगामी साताभित्र सम्झौता हुनेछ । सम्भवतः आइतबारसम्म सहमति पत्रमा हस्ताक्षर गर्ने गरी काम भइरहेको छ । दुवै बैंकको स्वाप रेसियो निर्धारण गर्ने अधिकार उक्त समितिलाई रहेको छ ।
FACEBOOK COMMENTS