पोखरा, ३१ असोज , पोखरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार दिउँसो पोखरा महानगरपालिका -२६ बुढीबजार स्थित ग १ च ६८७८ को जिपले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक कास्की मादी गाउँपालिका -५ मिजुरे निवासी ४७ वर्षीय सुर्यबहादुर क्षेत्री रहेका छन् । उनको घटनास्थलमै ज्यान गएको हो। कास्की प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सन्दिप केसी गम्भीर घाइते छन् । प्रहरीले ठक्कर दिने जिपलाई नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको जनाएको छ।
FACEBOOK COMMENTS