काठमाडौं । भदौ ३०, असोज ४ गतेबाट दशैं र तिहारको लागि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार विज्ञप्ति जारी गर्दै असोज ४ गतेबाट नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यलयहरुबाट नयाँ नोट साट्ने सुविधा मिलाइएको जनाएको छ ।
काठमाडौं उपत्यकाको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखा कार्यलयमार्फत नोट साट्न सकिनेछ । बैंकले नोट साट्न जाँदा सरकारले लागु गरेको सबै प्रकारको स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS