काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ७२.३० अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ८९ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज ४ अर्ब ९ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार नेप्सेमा उच्च गिरावट भए पनि आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा न्यादि हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज आईसीर्एफसी फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस बैंकको आज २८ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS