काठमाडौं । भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जना टोली ६ दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा नेशनल डिफेन्स कोर्समा सम्मिलत प्रशिक्षार्थी र अधिकारीहरुले नेपाल भ्रमण गर्ने छन ।
मुख्यालयका अनुसार उक्त टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन ।
यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीलगायतका स्थानको भ्रमण तथा नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
उक्त टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने सैनिक मुख्यालयले जानकारी जानकारी गराएको छ ।
उक्त टोलीले असोज ३१ देखि कात्तिक ६ सम्म नेपाल भ्रमण गर्ने छ ।
FACEBOOK COMMENTS