काठमाडौं, ७ भदौ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको छ ।
अन्तिम खेप अन्तर्गत आज बिहान ९ः५ बजे सो परिमाणको खोप काठमाडौं आइपुगेको हो । काठमाडौं विमानस्थलमा जापानी र कोभ्यास अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई खोप हस्तान्तरण गरे । जापानले उपलब्ध गराएको उक्त खोप ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ ।
अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए ।
यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १३ लाख ५७ हजार ६० डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ ।
FACEBOOK COMMENTS