काठमाडौं । आरोग्य मोटर्सले २ सय सिसि क्षमताको डर्ट बाईक सार्वजनिक गरेको छ ।
चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा सवारीसाधन आयात गर्दै आइरहेकोमा उक्त कम्पनीले डर्ट बाइक पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएका जानकारी दिएको छ ।
कम्पनीका अनुसार नेपालका अधिकांस सडकहरु कच्चि, अर्धकच्चि तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाईकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यस बाईकको ग्राउण्ड क्लियरेन्स २८० एमएम राखिएको छ । त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाईक २ सय सिसि क्षमताको रहेको छ ।
एअर कुल्ड सहित सिंगल सिलिण्डरको ईन्जिन रहेको बाईकले ८६०० आरपिएममा १४.८ एचपि पावर सिर्जना गर्छ भने ६५०० आरपिएममा १४.९ एनएम टर्क सिर्जना गर्दछ । नेट तौल ११५ किलोग्राम रहेको बाईकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दा बढीको माईलेज प्रदान गर्दछ ।
पहिलो चरणमा एरोमा डर्ट बाईकको १ मोडेल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् ।
हाईडोलिक सस्पेन्सन सहितको आरामदायक यो बाईकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ ।
एरोमा डर्ट बाइकको अहिले चार लाख ८६ हजारमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एरोमा डर्ट बाइक खरिद गर्ने हरेक ग्राहकलाई मुस्ताङ्ग यात्राको फेस्टिवल स्किम समेत राखिएको जनाइएकाे छ ।
FACEBOOK COMMENTS