काठमाडाैं । निर्वाचन आयोगले बहालवाला २ जना मन्त्रीलाई निर्वाचन आचारसंहिता विपरिताका गतिविधि गरेको भन्दै जरिवाना गराउने निर्णय गरेको छ ।
आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिता लागू भइसकेपछि बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो । निर्वाचन आचारसंहिता विपरीत चामल वितरण गरेको भन्दै आयोगले उनलाई २५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
यस्तै आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको भन्दै स्वास्थ्यमन्त्री खापुङलाई आयोगले ५ हजार जरिवाना लगाएको हो । उनले वैद्य खानाका डा। श्यामबाबु यादवको सरुवा गरेका थिए ।
कर्मचारी सरुवाको निर्णय प्रक्रियामा सहभागी सचिवलाई विभागीय कारबाही गर्न आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउने छ ।
FACEBOOK COMMENTS